उपत्यकामा विद्यालय खोल्ने/नखोल्नेबारे भोलि निर्णय हुने

काठमाडौं । उपत्यकामा विद्यालय खोल्न पाउने कि नपाउने भन्ने सन्दर्भमा भोलि बस्ने उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले तय गर्ने भएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार भोलि (सोमबार) बस्ने बैठकले विद्यालय खोल्ने/नखोल्नेबारे निर्णय गरिनेछ ।

यसअअघि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) सँग समन्वय गरेमात्र खोल्न सकिने निर्णय भएको थियो । र, केही विद्यालय सञ्चालनमा पनि आएका थिए ।

यस विषयमा स्थानीय तह, शिक्षक र अभिभावकबीच छलफल हुने पनि बताइएको छ । प्रमुख जिल्ला अधिकारी पराजुलीका अनुसार भोलि बस्ने बैठकमा स्थानीय तह, शिक्षक र अभिभावलाई पनि

बोलाइएको र उनीहरुको राय बुझेर निर्णय गरिनेछ । हाल १८ वर्षमुनिकालाई कोरोनाविरुद्धको लगाइसनसकेको र कोरोना महामारी खतरा नै रहेकोले पनि तत्काल विद्यालय खोल्न नहुने

स्वास्थ्यविद्हरुको भनाइ छ । स्वास्थ्यविद्हरुले उपत्यकामा विद्यालय खोल्ने वातावरण नै सिर्जना नभएको र विद्यालय खोल्न हतार नगर्न पनि सुझाव दिएका छन् ।