सेयर धितो राखेर १२ करोड कर्जा लिन पाइने

सेयर बजार प्रभावित बनेपछि नेपाल राष्ट्र बैंकले सेयर धितोमा १२ करोड रुपैयाँभन्दा बढी ऋण लिन पाइने बताएको छ । आफ्नो वेभसाइटमा सूचना राख्दै बैंकले सेयर धितोमा राखेर १२ करोडभन्दा बढी ऋण लिन पाइने प्रष्ट पारेको हो ।

राष्ट्र बैंकले बारम्बार सोधिने प्रश्नहरु (एफ क्यू) शीर्षकमा यसको स्पष्टीकरण दिएको हो । सूचनाअनुसार अन्य बैंकको सेयर किन्ने प्रयोजन बाहेकका व्यवसायिक प्रयोजनका लागि सेयर धितो राखेर लिने ऋणमा १२ करोड रुपैयाँको सीमा लाग्दैन ।

यसअघि चालू वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले लगानीकर्ताले सेयर धितोमा राखेर एउटा बैंकबाट ४ करोड र कुल १२ करोड रुपैयाँभन्दा बढी लिन नपाउने व्यवस्था गरेको थियो । यही कारण देखाउँदै ठूला लगानीकर्ताहरूले करिब डेढ सातासम्म नेपाल स्टक

एक्सचेञ्ज (नेप्से) ३२ सय अंकबाट घटेर २७ सयसम्म आइपुगेको थियो । यद्यपि, आज भने बजार बढेको छ ।