लिक्वीड लाउञ्ज एण्ड बारमा पुर्व-युवराज पारससँग सोनिका

काठमाडौं। हट मोडेल एवम् पछिल्लो समयकी चर्चित भिजे सोनिका रोकायाले सञ्चालन गरेको लिक्वीड लाउन्च बारमा देशका ख्याति प्राप्त कलाकार तथा उच्च ओहदा व्यक्तीत्वहरुको चहलपहल शुरु हुने गरेको छ । फराकिलो सोच र स्वतन्त्र विचारकी धनि सोनिकाले सञ्चालन गरेको उक्त बारमा दिनभरीको थकान मेट्नको लागि साझँपख राम्रै जमघट हुने गरेको छ।

यसैबीच, बिहिबार साझँ पुर्व युवराजधिराज पारस शाह पुग्दा एकाएका लिक्वीड लाउन्ज बारमा पुग्दा माहोल नै फेरिएको छ। चर्चित कलाकार देखि पत्रकारसम्मलाई आफ्नो बारमा ल्याउन सफल सोनिकाले पूर्व युवराज नै आफ्नो बारमा ल्याएर फेरि एकपटक आफूलाई प्रमाािणत गरेकी छन्।

त्यहाँ उपस्थित कलाकार मात्र हैन विदेशी पर्यटकसमेतको मुहारमा हाँसो थियो । भव्य चहलपहलमा रम्न÷रमाउन चाहने युवराज पारसलाई बोलाएकी थिइन अहिलेकी बहु चर्चित मोडल एवम युटुवर सोनिका रोकायाले।

रात्रिकालीन मनोरञ्जनमा रमाउन चाहनेका लागि भनेर केही समय अगाडी देखी दरवार मार्गमा आएको लिक्इड लाउन्च बारले गरेको निमन्त्रणलाई स्वीकार गदैँ आएका पारसले त्यहाँ उपस्थित सम्पुर्णसगँ आपसी रुपमा मनोरञ्जनका साथमा आत्मियता पुयाउने गीत साथै नृत्य समेत देखाएका थिए।

लिक्इड लाउन्च ले रात्रिकाली मनोरञ्जन खोजीका लागी सांगितीक बारावरण्मा रमाउनेको इच्छा पूरा गर्दै आएको छ साथमा आन्तरिक एवम बाह्य पाहुनालाई नेपालीको पहिचान स्वादिष्ट परिकारलाई समेत विश्व तर्फ ध्यान केन्द्रित गर्न सफल भएको छ । साँझ छिप्पिदै जाँदा राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती एवम आधुनिक सभ्यतामा रहने युवालाई अझ तत्तादै जान्छ त्यहाँको माहोल।

दरवार मार्गको लिक्इड एण्ड लाउन्च बारमा खानासँगै लाइभ म्युजिक हुन्छ । सोही ठाउँमा संगीत र डान्सको कक्कटेल मिसाउन सकिन्छ । यहाँ डिजेइङसँगै लाइभ म्युजिकसमेत जमेको हुन्छ । हल्का मदिराको मातमा पार्टनरसँग लपक्क टाँसिएर कम्मर मर्काउन चाहनेका लागि लिक्इड लाउन्च बार राम्रो छनोट हुने गरेको छ।

लिक्इड लाउन्च बारमा नाइट पार्टीका लागि विशेषगरी युवापुस्ता बढी सक्रिय छन् । काठमान्डाँै घुम्न आउनेहरु त आउने नै भए, अहिले स्थानीयसमेत परिवारसँगै लिक्इड लाउन्च बारमा रम्न थालेका छन् । रात्रिकालीन समयमा म्युजिकल इभेन्टका लागी लिक्इड लाउन्च बार मा युवाहरुको आकर्षण बढी देखिन्छ।