कोरोना भाइरस फैलाएको आरोपमा एक व्यक्तिलाई पाँच वर्ष कैद

काठमाडौँ । भिएतनामका एक व्यक्तिलाई कोरोना भाइरस फैलाएका आरोपमा त्यहाँको अदालतले पाँच वर्ष कैदको फैसला सुनाएको छ । उनलाई अदालतले सोमबार कैदको फैसला सुनाएको हो ।

लि भ्यान ट्रि नामक २८ वर्षिय व्यक्तिले कोरोना भाइरसको नियम सलंघन गरेको र क्वारेन्टिन नियम तोडि कोरोना भाइरस फैलाएको आरोप लागेको कारण उनलाई अदालतले फैसला सुनाएको छ । भिइतनाम कोरोना नियन्त्रण गर्न निकै सफल भएको देश हो ।

तर, नयाँ भेरियन्टले भिएतनाममा समेत क्षति पुगेको छ । कोरोना भाइरसलाई नियन्त्रण गर्न भिएतनामले निकै मेहनत गरेको थियो ।भिएतनामका सञ्चारमाध्यमको भनाईलाई उदृत गर्दै सिएनएनले लेखेको छ,‘उनले ८ व्यक्तिमा संक्रमण फैलाएका छन ।

त्यसमध्ये एकको मृ’त्यु भएको छ । कोरोना भाइरस उलंघन गरेको आरोपमा उनलाई अदालतले पाँच वर्ष फैसला सुनाएका हो ।’