पहिलो खेलमै रोनाल्डोको दुई गोल

म्यानचेस्टर युनाइटेडबाट दोस्रो इनिङ्स सुरु गरेका क्रिस्टियानो रोनाल्डोले पहिलो खेलमै दुई गोल गरेका छन्।

शनिबार न्युक्यासलविरुद्ध सुरुमै मैदानमा उत्रिएका उनले पहिलो हाफको इन्जुरी समयमा पहिलो गोल गर्दै अग्रता दिलाए। रोनाल्डोकै गोलले पहिलो हाफमा म्यान युले १-० को अग्रता बनाएको थियो। दोस्रो हाफमा पनि रोनाल्डो रोकिएनन्।

उनले खेलको ६२ औँ मिनेटमा अर्को गोल थप्दै टोलीलाई २-१ को अग्रता दिलाए। त्यसअघि खेलको ५६ औँ मिनेटमा जाभियर मानक्विलियोले गोल गर्दै न्युक्यासललाई खेलमा फर्काएका थिए। तर यसै सिजन इटालियन क्बल युभेन्ट्स छाडेर युनाइटेड

फर्किएका उनले पहिलो खेलमै २ गोल गरे। यद्यपि अझै पनि खेल जारी रहेकाले रोनाल्डोले थप गोल गर्न सक्छन्। आफ्नो महत्वपूर्ण खेल करिअर रोनाल्डोले स्पेनिस क्लब रियल मड्रिडमा बिताएका थिए। त्यसपछि उनी सन् २०१८ मा युभेन्ट्स गएर दुई सिजन बिताए।

तर करियरको उत्तरार्द्ध अर्थात उमेरले पनि ३६ पुगिसकेका उनले युनाइटेडको दोस्रो इनिङ सुखद हुने संकेत पहिलो खेलबाटै गरेका छन्।