रबी लामिछानेले हेल्मेट लगाउने दिन आउँछ : मेयर चौधरी

काठमाडौ । सुनसरीको इटहरी उपमहानगर प्रमुख द्वारिकलाल चौधरीले पार्टीले कारवाही गरेको खण्डमा आँफुले खेती किसान, कृषी काम गरेर आफ्नो दैनिकी चलाउने बताएका छन् । गत मंगलबार इटहरीका पत्रकार विराट अनुपमको नाकको हड्डी भाँच्न एक करोडको लागत तयारी गरिरहेको विबादास्पद अभिब्यक्ति दिएर रातारात एकसाथ चर्चा र विबादमा आएका मेयर चौधरीले आफुलाई सरकारले पदबाट हटाउन नसक्ने दाबी समेत गरेका छन् । उनले भने निर्वाचिक पदाधीकारीलाई सरकारले बर्खास्त गर्न नमिल्ने वर्तमान संविधानमा नै प्रावधान छ।

बर्खास्त गर्नका लागी कि त मगज बिग्रेको हुनुपर्यो होइन भने भ्रष्टारमा ल्प्ति भएको प्रमाण भेटीनु पर्यो । एक फरक प्रसंगमा पछिल्लो समय पत्रकारहरुले संयमता गुमाउँदा समस्या पर्दै गएको र आँफुलाई इटहरीमा कार्यक्रममा बोलाएर पत्रकारले हुर्मत देखाउन खोज्दा आजको अवस्था आइपरेको उनले स्पष्ट पारे । त्यस्तै रवि लामिछानेका विषयमा सोधिएको प्रश्नमा उत्तर दिँदै मेयर चौधरीले भने रविको चर्को स्वरका कारण एक दिन उनलाई हेलमेट लगाएर हिँड्ने दिन आउँछ।