नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह कार

काठमाडौं । निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) दर्ता भएको छ । २८ भदौमा बसेको आयोगको निर्णय अनुसार नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) दर्ता भएको हो ।

नेपाल कम्‍युनिष्ट पार्टी समाजवादीले कार चुनाव चिन्ह लिएका छन् । पार्टीले केन्द्रीय कार्यालय बुढानीलकण्ठ नगरपालिका-७, काठमाडौंमा राखिएको जनाएको छ ।