हुम्लामा चीनले नेपाली भूमि मिचेको भए राजीनामा दिने सांसद लामाको घोषणा

काठमाडौं। हुम्लाका स्वतन्त्र सांसद छक्कबहादुर लामाले हुम्लाको लोलोम्जोङमा चीनले नेपाली भूमि मिचेको भए आफुले राजीनामा दिने घोषणा गरेका छन् । सांसद लामाले चीनले नेपाली भूमि नमिचेको दाबी गर्दै यस्तो बताएका हुन् ।

सांसद लामाले आफु १२ नम्बर पिल्लर, लोलोम्जोङ र लिमी–लाप्चाको पिलरसम्मै पुगेको बताउँदैै चीनले सिमा नमिचेको दाबी गरे । उनले आफू चीनसँगको सिमामा बस्ने गरेको तर अहिलेसम्म चीनसँगको सम्बन्ध राम्रो रहेको बताए ।

साथै, आफुले कालोलाई कालो र सेतोलाई सेतो भन्ने भन्दै चीनले गर्दै नगरेको कामलाई गरेको भनेर आफुले आरोप नलगाउने पनि उनको भनाई छ ।

भिडियो