दशैंका लागि हवाई टिकट बुकिङ सुरु

काठमाडौं । दसैंका लागि हवाई टिकट बुकिङ हुन सुरु भएको छ। दशैंकै समयमा टिकट खुलाउदा यात्रुको चाप बढ्ने अवस्थालाई मध्यनजर गरेर हवाई टिकट बुकिङ सुरु गरिएको बताइएको छ ।

वायुसेवा कम्पनीहरुले अग्रिम हवाई टिकट बुकिङ खुल्ला भने नगरिएको बताएका छन् । अहिले ह्वाई उडान संख्यामा कुनै समस्या नभएको पनि बताइएको छ । केवल बुकिङ गर्ने यात्रुहरुको संख्यालाई मध्यनजर गरि टिकट बुकिङमा सहजपन ल्याइएको बताइएको छ ।

तर, वायुसेवा सञ्चालक संघले दसैँ–तिहारको अग्रिम हवाई टिकट बुकिङको सम्बन्धमा आन्तरिक तयारी गरिरहेको बताइएको छ । संघले अब एक दुई दिनभित्रै यसबारे निर्णय हुने र टिकट बुकिङ खुल्ला गरिने जनाएको छ ।