हार्दिक बधाई : सरेगामा फाईनलमा पनि प्रितमले दिए धमाकेदार प्रस्तुति (भिडियो)

काठमाडौ। भारतीय टेलिभिजनको चर्चित रियालीति शो ‘सारेगमप लिटल च्याम्प’ मा आफ्नो स्वर को जादुले सबैको मन जितेर अघि बढिरहेका नेपाली बाल गायक प्रितम ले ग्राण्ड फिनाले मा पनि उस्तै धमाका मचाएका छन्। सुरु देखिने सबैको मन जितेर राम्रो प्रदर्शन गर्दै आएका प्रितमले फाइनलमा पनि तारिफ पाऎका छन्। नेपालका दुइ बाल गाएका प्रितम र आयुष केसी फाइनलमा पुगेका छन्। टप ६ बाट आजको ग्राण्ड फिनाले मा एक जनाले बिजेता बन्नेछ।

यस अघिको शो हरुमा निर्णायक र दर्शकको मतका आधारमा प्रितम र आयुष टप ६ मा पुग्न सफल भएका थिए। टप ६ जना फाइनलमा प्रवेश भएको थियो तिनै टप ६ बिचको फाइनल प्रतिस्पर्ध आज राति नेपाली समय अनुसार ८:१५ मा हुदैछ। फेस्बुकमा जी टिभीले सार्बजनिक गरेको सानो क्लिपमा प्रितामको फिनाले गायकी प्रस्तुत गरिएको छ। प्रितामको उक्त प्रश्तुतिले दर्शकलाई झुमाउन सफल बनेको थियो भने जज हरु मन्त्र मुग्ध बने , अतिथि गेस्ट शाहिद कपुरले तारिफ को पुल बाधेको थियो ।

सारेगामापामा नेपालकै २ बाल गायक फिनाले सम्म पुगेका छन। यो कुनै ठुलो उपलब्धि भन्दा कम भने हैन। यति ठुलो सो र बिदेशी शोमा नेपाली बालकले देश हलाउने क्षमाता राखेका छन्। सरेगामापाको बिजेता को बंछा भन्ने जान्न आज रातिको कार्यक्रम हेर्नु पर्ने हुन्छ।

आफ्नो स्वरका कलाको कारण दमदार प्रश्तुति दिएर जजलाई खुशी बनाउदै आएका प्रितम र आयुषलाइ बिजेताको रुपमा हेर्न हरेक नेपाली आतुर छ। राम्रो प्रतिभाका धनि उनीहरु बिजेता नबन्ने कुनै कारण छैन पनि। नेपालका आयुष र प्रितमले अन्तिम ६ अर्थात फाइनमा स्थान बनाएका थिए । उनीहरुसँगै फिनालेमा आस्था दास, अनुष्का पात्र, मोहम्मद फैज र सुगन्धा दतेले आफ्नो प्रश्तुति दिने छन ।