ग्यास्ट्रिकका समस्या भएकाले नर्भिकमा निःशुल्क ओपीडी सेवा पाउने

काठमाडौं– आउने शनिबार नर्भिक अस्पतालमा ग्यास्ट्रिक तथा पेटसँग सम्बन्धित समस्या भएकाहरुलाई लक्षित गरी निःशुल्क सेवा सञ्चालन हुने भएको छ।

आउने शनिबार (असोज ९ गते) नर्भिक अस्पतालका ग्यास्ट्रोइन्टेरोलोजिष्ट डा. वरुणकुमार साहले निःशुल्क ओपीडी सेवा दिने भएका हुन्। डा. साहका अनुसार ग्यास्ट्रिक तथा पेटसँग सम्बन्धित विभिन्न समस्या भएकाहरुले निःशुल्क ओपीडी सेवामा सहभागी भएर लाभ लिन सक्नेछन्।

निःशुल्क ओपीडी सेवा शनिबार बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म सञ्चालन हुनेछ। नर्भिकले विगत केही साताअघिदेखि आफ्नो कर्पोरेट सोसियल रेसपोनसिबिलीटी (सीएसआर) अन्तर्गत प्रत्येक शनिबार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई निःशुल्क ओपीडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ।