‘पाँचदलीय मोर्चा जिल्ला-जिल्लामा बन्छ’- माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँचदलीय गठबन्धन जिल्ला जिल्लामा निर्माण हुने बताएका छन्। शनिबार हेटौंडामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यो गठबन्धन जिल्लादेखि प्रदेशसम्म निर्माण हुने बताएका हुन्।

नेपालले छिट्टैनै केन्द्रमा पाँच दलिय गठबन्धन मोर्चाको रुपमा अगाडि बढ्ने बताए। नेपालले भने ‘यो जिल्लामा पनि मोर्चा बनाउनुहोस। अरु सँगपनि सहकार्य गर्नुहोस। पाँच वटा पार्टीका अगुवासँग बसेर राम्रो कामको लागि सहकार्यको संस्कृतिको विकास गर्नुस्। केन्द्रदेखि तलसम्म जान्छौं। ’

उनले भने, ‘समाज सेवामा अव्वल हुनुपर्‍यो। खुबी र चिन्ता भएका मान्छेहरुको खोजि गरिरहेका छौं। घमण्ड नगर्नुहोला। ’
उनले पार्टीका कार्यकर्तालाई मेहनत र उत्पादनमुखी बन्न निर्देशन दिए। उनले भने, ‘खेतीमा लागेपनि हुन्छ। सहकारीमा लागेपनि हुन्छ। तपाईहरु उद्यमशिल बन्नुहोस।’ उनले पार्टीमा सीप,

नैतिकताको शिक्षा दिइने र स्कुल प्रणालीको विकास गरिने बताए। नेपालले भने,‘पदको निम्ति हानथाप होइन। खुबी र क्षमता बढाउनुस। प्रतिष्पर्धालाई हामी प्रोत्साहन दिन चाहन्छौं।’उनले पार्टीका कार्यकर्तालाई मेहनत र उत्पादनमुखी बन्न निर्देशन दिए। उनले भने, ‘खेतीमा लागेपनि हुन्छ।

सहकारीमा लागेपनि हुन्छ। तपाईहरु उद्यमशिल बन्नुहोस।’ उनले पार्टीमा सीप, नैतिकताको शिक्षा दिइने र स्कुल प्रणालीको विकास गरिने बताए। नेपालले भने,‘पदको निम्ति हानथाप होइन। खुबी र क्षमता बढाउनुस। प्रतिष्पर्धालाई हामी प्रोत्साहन दिन चाहन्छौं।’