यस्तो रह्यो दशरथ रंगशालामा सागको तामझामपूर्ण उद्धघाटन (फोटो फिचर)

काठमाडौँ— काठमाडौंको दशरथ रंगशालामा आइतबार १३ औं सागको उद्धघाटन हुँदा त्यहाँको आकाश आतिशबाजीको झिलिमिलीले रंगिएको थियो । त्यसले सागको औपचारिक कार्यक्रममा रौनक थपेको थियो ।

रंगशालाको एकातर्फबाट मात्र आतिशबाजी गरिँदा केही खल्लोपन महसुस भएपनि तिहारको समयमा पनि लुकाएर आतिशबाजी गर्नुपर्ने बाध्यता रहेका काठमाडौंवासीलाई यसले केही मनोरञ्जन दिएको थियो ।

समारोहको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्धघाटन गरेकी थिइन् । तामझामपूर्ण भएको उद्धघाटन समारोहमा विभिन्न किसिमका झाँकी, नृत्य, गायन तथा परेड लगायतका कार्यक्रमहरु प्रस्तुत गरिएका थिए ।