दुई पाइलटले हुँदोरहेनछ, चुनावपछि एक पाइलटले सुपरफास्ट जेट चलाउँछ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई पाइलटले पार्टी हाँक्न नसकेको स्वीकार गरेका छन् ।

उनले विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

“पार्टी दुई पाइलटले हुने रहेनछ,” उनले भने, “अब चुनावमा बहुमत ल्याएर एकल पाइलटले सुपरफास्ट जेट चलाइन्छ ।”

यो पनि पढ्नुहोस…

सञ्चारमाध्यमसँग ओलीको गुनासो : देउवा सरकारलाई खबरदारी नै गरेन !