
काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले आफूले मन्त्री बन्न भनी आएको प्रस्ताव अस्वीकार गरेको बताएका छन् । देउवा सरकार बनेलगत्तै मन्त्री बन्न प्रस्ताव आएपनि आफूले अस्वीकार गरेको उनको भनाइ छ ।
थापा र अर्का अधिवक्ता गोविन्द शर्मा बन्दीलाई मन्त्री बनाउने तयारी भएको भन्दै अहिले चार्चा भइरहेको छ । तपाईंलाई मन्त्री बन्ने प्रस्ताव आएको हो भन्ने प्रश्नमा थापाले भने, “अहिले होइन, धेरै पहिला आएको प्रस्ताव हो ।”
“वर्तमान सरकार बनेलगत्तै प्रस्ताव आएको थियो, मैले इन्कार गरेको हुँ,” उनले भने । उनले आफूले मन्त्री पद अस्वीकार गरिसकेकाले त्यसबारे चर्चा गरिरहन आवश्यक नरहेको बताए ।