१४ वर्षकै उमेरमा समाजसेवा, प्रहरी ईन्सपेक्टरकै जागीर खाई दिने ती बालक को हुन ?

एजेन्सी। मानिससँग प्रतिभा भए उमेरले छेक्दैन् भन्ने कुरालाई यी बालकले प्रमाणित गरेका छन् । यी बालक १० वर्षको उमेरदेखि सामाजिक काममा लागेका छन् । त्यो समय भनेको भिडियो गेम, खेलकूद, वा स्कूल पढ्ने समय हो । नाम हो उनको बिलाल । १० वर्षको उमेरमै उनले भारतको मेरठमा समाजका लागि केही गरौं भन्ने भावनासहित जिम्मेवारी उठाए । बिलाल १० वर्षकै उमेरदेखि आफ्नो गाउँका मानिसहरुको समस्यालाई लिएर सरकारका अधिकारीको ढोका पुग्थे ।

आज बिलाल १४ वर्षका भए उनी दिन रात समाजसेवाको काममा लागिराख्छन्, मेरठको पुलिसले उनको यो समाजसेवी कामलाई सलाम गर्दै पुलिसमा एसपीओ अर्थात स्पेशल पुलिस अफिसर पदमा नियुक्त गरेको छ । मेरठका एसएसपीले बिलाललाई एसपीओमा नियुक्त गरेका हुन्।

बिलाल १४ वर्षकै उमेरमा नेता र सरकारी अधिकारीका लागि नमुना बनेका छन् । उनी जनताका समस्याहरुको हल गर्ने र भ्रष्टाचारसँग लड़ने कुनै पनि मौका गुमाउन चाँहदैनन् । उनी समाजमा देखिने समस्याहरु सड़क-नाली निर्माण, स्कूलमा शिक्षकहरुले नआएको लगायतमा गतिविधीमा आफ्नो उल्लेख सहभागिता जनाएर सफल पार्छन् ।

मेरठका मवाना निवासी बिलाल पुत्र उस्मान कृषक इन्टर कलेजका ९ कक्षाका विद्यार्थी हुन् । बिलाल भन्छन्म- सधै सुन्थे कि सरकारी अड्डाहरुमा बिना घुस कुनै काम हुन सक्दैन् । यो गलत परम्परा तोड्नका लागि मैले यो बाटो रोजेको हुँ । अब यसलाई नियन्त्रण गर्ने मेरो मुल उद्देश्य हो ।’

यद्यपी ९ वर्षको उमेरमा २३ अगस्ट २०१० मा सड़क बनाउनका लागि उनले गाउँमा अभियानै सुरु गरेका थिए । जसको ५ वर्षपछि अटौरामा पीच रोड बनेको छ । बिलाल सधै आम नागरिकको आवाज उठाउन चाहन्छन् । उनलाई यो कुरा निकै मनपर्छ तर, राजनीतिदेखि डर लाग्ने उनी बताउँछन् ।

मेरठका एसएसपी डीसी दूबे भन्छन्-‘मवानाको कर्मचारी दिवसमा आफ्ना आठ सदस्यीय ग्रुपसँग आएका बिलालले एक पटक नाली निर्माण त दोस्रो पटक स्कूलहरुमा टीचर नआउने समस्यालाई जोडदारका साथ उठाएका थिए । यसका साथै मवाना थानाका तत्कालीन इंस्पेक्टर परशुरामविरुद्ध पनि उजुरी दिएका थिए ।

बिलाल मवानामा लाग्ने सवारी जामको समस्या लिएर पुलिस थाना गएका थिए । उनले मलाई भनेका थिए कि इन्स्पेक्टले उनलाई जनसंख्या बढेकाले हामी केही गर्न सक्दैनौं भनेको सुनाएका थिए । त्यो गुनासो विलालले मलाई सुनाएपछि मैले इन्स्पेक्टरलाई हटाएको थिए । अब ती पुलिस उनको हौसलाको सलाम गर्छन् जसकारण विलाललाई पुलिसको एसपीओमा नियुक्त गरिएको छ ।