
एजेन्सी। चीनमा एक व्यक्ति हरेक दिन पौडिएर नदी पार गरेर अफिस पुग्छन् । वुहानमा बस्ने ५३ वर्षीय झु बिवु ट्राफिक समस्याबाट बच्न ११ वर्षदेखि नदी तरेर अफिस जाने गरेका छन् ।
अफिस पुग्न बिवु सधैं २.२ किलोमिटर नदीमा पौडिन्छन् । नदी तर्न उनलाई ३० मिनेट लाग्छ । तर ट्रेनबाट जाँदा उनलाई अफिस पुग्न एक घण्टा बढी समय लाग्छ । हेनयांग जिल्लाका बासिन्दा झु एक फुड मार्केटका म्यानेजर हुन् । झुले बताएअनुसार समय बचाउन मात्र होइन स्वस्थ रहन पनि उनी नदी तरेर अफिस जान्छन् ।
झु बिहान करिब ७ बजे नदी किनारमा पुग्छन्, कपडा, जुत्ता र अन्य सामान निकाले वाटर पुफ्र ब्यागमा राख्छन् र नदीमा छलाङ मार्छन् । नदी तरेपछि कपडा, जुत्ता लगाउँछन र अफिस जान्छन् । उनले २००४ देखि नदी तरेर अफिस जान सुरु गरेका हुन् ।