पूर्वराजाले दशैंको टिका नलगाइदिने, शक्तिपिठको दर्शन नगर्ने

पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको दशैंमा सर्वसाधारणलाई टिका नलगाइदिने भएका छन् ।

शाहका स्वकीय सचिव फणि पाठकका अनुसार पूर्व राजाले अष्‍टमीको दिन शक्ति पिठहरुको दर्शन पनि गर्ने छैनन् ।

कोरोनाका कारण पूर्वराजाले यस्तो निर्णय लिएका हुन् । यसअघि विगत वर्षहरुमा पूर्व राजाले शक्तिपिठहरुको दर्शन गर्ने र

सर्वसाधारणलाई टिका लगाइदिने गरेका थिए ।