सुनको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

नेपालको स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको सुन बजार भाउ तोक्दै मूल्य बढेको बताएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ५० रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य ९०

हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९० हजार १५० रुपैयाँ
थियो । सुनको मूल्यसँगै आज चाँदीको मूल्य पनि बढेको छ । महासंघले आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढ्दै

प्रतितोला ११ सय ७५ रुपैयाँ पुगेको छ ।