नेकपा(एस)बाट मन्त्री भएकालाई अध्यक्ष माधव नेपालले दिए बधाई (फोटोफिचर)

काठमाडौँ । नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरूलाई पार्टी कार्यालयमा बोलाएर बधाई दिएका छन् ।

यही असोज २२ गते प्रधानमन्त्री शेर बहादूर देउवाको क्याबिनेटमा परेका नेकपा (एस)का मन्त्रीहरुलाई स्यवम माधव नेपालले पार्टी कार्यलय बोलाई बधाई दिएका हुन् । पार्टीका तर्फबाट मन्त्री बनेकाहरूलाई जनपक्षीय काम गर्न निर्देशन दिन समेत दिएका छन् ।

नेपालले पार्टी कार्यालयमा बोलाएर ठोस रूपमा गर्नुपर्ने कार्य लगायतको निर्देशन दिएका हुन्। शेरबहादुर देउवा नेतृत्वको सरकारमा एकीकृत समाजवादीबाट स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेम आले र

श्रममन्त्री किसान श्रेष्ठ तथा स्वास्थ्य राज्यमन्त्रीमा भवानीप्रसाद खापुङ सहभागी छन्।