घान्द्रुक जीप दुर्घटना : घुम्न आएका ७ जना विद्यार्थीमध्ये १ भीरमा अड्किएर बाँचे

नयाँपुलबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६९०० नम्बरको जीप अनियन्त्रित हुँदा अन्नपूर्ण गाउँपालिका–१० हुदु कलडाँडा भीरबाट दुईसय मिटर तल खसेको थियो ।

दुर्घटनामा परि मृत्यु हुनेहरुमा काठमाडौंबाट घान्द्रुक घुम्न आएका गोंगबुका १८ वर्षीय जिनलव घिसिङ, सोही ठाउँका २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीय सुमन चौधरी, २२ वर्षीय अछुतम काफ्ले, १८ वर्षीय आशिष आले, सोही ठाउँ बस्ने गोरखाका २७ वर्षीय विनय क्षेत्री रहेका छन् ।

त्यसैगरी, सोही दुर्घटनामा परी अन्नपूर्ण गाउँपालिका– ५ का ४२ वर्षीय जीप चालक खुसीमान क्षेत्रीको पनि मृत्यु भएको थियो । दुर्घटनामा परेर पनि २० वर्षीय देविका घिसिङ बाँच्न सफल भएकी छिन् । घान्द्रुक जाने सडक हुदु कलडाँडा भीर निकै बिग्रेको र उकालोमा घुम्ती कटाउन लाग्दा जीप ब्याक भएर दुर्घटना भएको

प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।