सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढेको छ। बुधबारको तुलनामा छापावाला सुन प्रतितोला ३ सय रुपैयाँ बढेको हो।

सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा आज ९१ हजार ७ सय रुपैयाँ कायम भएको हो।

त्यस्तै चाँदीको मूल्य पनि बढेको छ। बुधबार १ हजार २ सय ३५ रुपैयाँ प्रतितोलामा कारोबार भएकोमा आज १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको छ।