‘साझा सहमतिमा एमसीसी पास हुन्छ’- परराष्ट्रमन्त्री खड्का

मोरङ : परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपाली कांग्रेसको बहुमत नभएकाले सबै दलबीच आपसी छलफल गरी साझा सहमतिमा एमसीसी पास हुने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले यस्तो बताएका हुन्। एमसीसीबारे साझा सहमतिका लागि प्रयत्‍न भैरहेको समेत बताएका छन् । उनले मुलुकमा अर्ली इलेक्सनको कुनै सम्भावना नभएको समेत स्पष्ट पारे ।

मन्त्री खडकाले भने ‘सत्तारुढ दलबीचको सहमतिमा मात्रै अर्ली इलेक्सनमा जाने र नजाने कुरो हुन्छ, अर्ली इलेक्सनको परिस्थिति अहिले निर्माण भइसकेको छैन तर, राजनीति भनेको सम्भावनाको खेल भएकोले सबैको सहमति भयो चैत वैशाखमा अर्ली इलेक्सन

हुन सक्छ । नेपाल काँग्रेसको बहुमत नभएकाले सबै दलबीच आपसी छलफल गरी साझा सहमतिमा एमसीसी पास हुनेछ।’