
एजेन्सी। उत्तर कोरियाली नेता किम जोङले एक सैनिक अधिकारीलाई पिरान्हा माछाको ट्यांकभित्र थुनेर हत्या गरेका छन्।
उक्त अधिकारीले किमविरुद्ध षड्यन्त्र रचेर योजना बनाएको किमले थाहा पाए पछि उनले ती सेनालाई ब्राजिलबाट ल्याएको संयौं पिरान्हा माछाको ट्यांकभित्र थुनिदिएका थिए।
किमका सहयोगीले ती सेनालाई ट्यांकभित्र फाल्नु अगाडि घाइते बनाएका थिए भने पिरान्हा माछाको ट्यांकभित्र थुनिदिए पछि माछाले उनको शरीरलाई खाएको डेली स्टारले जनाएको छ।
पिरान्हा माछा यस्तो आक्रमक माछा हो जसको दात निकै तिखो हुन्छ। यसको टोकाइबाट गहिरो चोट लाग्ने गर्दछ।