पशुपतिको भन्दा कडा रमेशराजकाे गीत सार्वजनीक, ‘यहाँ भ्रष्टाचारको विरुद्धमा बोल्नै हुँदैन’(भिडियो)

काठमाडौं। केहीसमय अघि गायक तथा सर्जक पशुपति शर्माले एउटा गीत ल्याए । ‘लुट्न सके लुट’ बोलको गीत ल्याएका पशुपति शर्मा गीतका कारण चर्चित भए तर चर्चित भन्दा बढी आलोेचित बने । गीतमा प्रयोग भएका शब्दहरुले आफूलाई चोट पुगेको भन्दै युवा संघ नेपालले पशुपति शर्माको करिअर नै सक्याइदिन्छु भन्दै धम्की समेत दियो ।

पशुपति शर्माको गीतको चर्चा सेलाउन नपाउँदै अर्को त्यस्तै किसिमको गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘भ्रष्टाचार’ बोलको गीतमा रमेशराज भट्टराईले भनेका छन्, ‘यो नेपाल हो, यहाँ भ्रष्टाचारको विरुद्धमा बोल्नै हुँदैन’ । गीतको देशमा भएका विकृति विसंगती, सरकार, नेताहरुको बारेमा बोल्नै नहुने भाव समेटिएको छ ।

भिडियो हेर्नुहोस: