
काठमाडौ। भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठको गाडी स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका ३ घट्टे दरौँ खोलामा डुबेको हो।
सहरे खोलाको पुलको शिलन्यास गरी फर्कने क्रममा खोला तर्ने क्रममा मन्त्रीको गाडी डुबेको हो । बा २ झ ४०२९ नम्बरको गाडी डुबेपनि मन्त्रीलाई सकुशल बाहिर निकालिएको छ भने गाडीलाई जेसिबीको सहायताले बाहिर निकालिएको हो ।