‘प्रधानन्यायाधीश जबराले संविधान फाल्न सक्नुहुन्न, उहाँले राजीनामा दिँदा नै बेश हुन्छ’- गोविन्द बन्दी

काठमाडौं । बरिष्ठ अधिवक्ता गोविन्द बन्दीले आफूहरुको आन्दोलनले निश्कर्ष निकाल्ने र समस्याको समाधान गर्ने दाबी गरेका छन् । उनले अहिलेको अवस्थामा सडकमा नआईकन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिएर समाधान दिनुपर्नेथियो भन्ने तर्क गरे ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा कुरा गर्दै उनले यो मुद्दा अब नेपाल बार एशोसिएशनको मात्रै मुद्दा नभएर आम जनताको विषय बनेको पनि सुनाए । उनले अहिलेको बारको आन्दोलनलाई मध्यनजर गरेर प्रधानन्यायाधीश जबराले राजीनामा दिँदा नै राम्रो हुने विश्वास

दिलाए । उनले आफूहरु कुनै हालतमा पनि संविधान जान नदिने बताए । उनले प्रधानन्यायाधीश जबराले संविधान फाल्न नसक्ने पनि ठोकुवा गरे । उनले प्रधानन्यायाधीश जबराले आफूविरुद्ध महाभियोग आउँछ भने अरु चार जनाविरुद्ध पनि आउँछ भनेर सोचेको हो भने त्यो गलत हुने पनि टिप्पणी गरे ।