कप्तान किरण चेमजोङले माल्दिभ्सको लिग खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेमजोङले मादिल्भसको शीर्ष डिभिजन लिग खेल्ने भएका छन् ।
चेमजोङले मादिल्दभ्सको माझिया स्पोर्ट्स एन्ड रिक्रिएसन क्बलबाट खेल्ने भएका हुन् ।

त्यसका लागि उनी आज त्यसतर्फ प्रस्थान गर्दैछन् । किरणले यसअघि भारतको आई लिग क्बल पञ्जाब एफसीबाट खेल्दै आएको थिए । पञ्जाब एफसीसँगको सम्झौता सकिएपछि किरणले माल्दिभ्सको माझिया स्पोर्ट्स एन्ड रिक्रिएसन क्बलसँग अनुबन्ध भएका हुन् ।

नेपालमा शीर्ष श्रेणीको ‘ए’ डिभिजन लिग आजबाट सुरु हुँदा किरण भने माल्दिभ्स लागेका हुन् । उनले यसअघि माल्दिभ्सको टीसी स्पोर्ट्स क्लबबाट पनि खेलेका थिए । २०१८/१९ को सिजनमा टीसी स्पोर्टसबाट खेल्दा किरणले लिगको उत्कृष्ट गोलकिपरको अवार्ड जितेका थिए ।

स्पोर्ट्स एण्ड रिक्रिएसन क्बल किरणका लागि माल्दिभ्सको दोस्रो क्लब हो । किरणले नेपालमा गत जेठमा सम्पन्न नेपाल सुपर लिगमा धनगढी एफसी क्लबबाट खेलेका थिए । धनगढी सुपर लिगमा दोस्रो भएको थियो । किरणले नेपालबाट मछिन्द्र, थ्री स्टार र मनाङ मस्र्याङ्दी क्लबबाट पनि खेलेका थिए ।

किरणकै कप्तानीमा नेपालले माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा पहिलोपटक फाइनल खेलेको थियो । फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।