सुनको मूल्य ह्वात्तै घट्यो ,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । मंगलबार सुनको मूल्य एकैदिन १६ सय रुपैयाँले घटेको छ ।

सोमबार प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९२ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले आज तेजावी सुनको प्रतितोला मूल्य ९१ हजार ८ सय रुपैयाँ तोकेको छ ।

सोमबार उक्त सुन ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदीको प्रतितोला भाउ १२७० बाट १२ सय ५५ रुपैयाँमा आइपुगेको छ । अन्तर्राष्ट्रिय बजारको असरकै कारण नेपालमा पनि सुनचाँदीको मूल्यमा गिरावट आएको

महासंघले जनाएको छ ।