बेलायतमा १० हजार नेपाली नर्स पठाउँदै सरकार

सरकारले बेलायतमा रोजगारीका लागि १० हजार नर्स पठाउने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले सरकारले बेलायतमा रोजगारीका लागी नेपाली नर्स पठाउने तयारी गरिरहेको बताए।

सचिव गौतमले वेलायत सरकारको माग अनुसार नेपाल सरकारले १० हजार नर्स रोजगारीका लागी पठाउने भएको जानकारी दिए। उनले जीटुजी सम्झौता माफत् नेपालबाट रोजगारीका लागि नर्स लैजाने विषयमा वेलायतसँग सम्झौताको तयारी भइरहेको बताए।

उनले कोभिडपछि वेलायतमा करिब एक लाख नर्सको माग भएकामा फिलिपिन्स, भारत र नेपालबाट नसिङ क्षेत्रमा आवद्ध भएका कामदार लाने तयारी भएको बताए। ‘वेलायत सरकारले कुल १० हजार नर्स लाने इच्छा देखाएको छ, पहिलो चरणमा ५

हजार नर्सलाई लाने र विस्तारै थप गर्दै जाने प्रारम्भिक सहमती भएको छ, बेलायत जाने नर्सले बार्षिक २४ हजार पाउन्ड स्टर्लिंग अर्थात करिब ४५ लाख रुपैयाँ तलब हुने छ,’ उनले भने। सचिव गौतमले बेलायत सरकारले आउँदो डिसेम्बर भित्रै नेपाली नर्स

रोजगारीका लागि लाने प्रतिवद्धता जनाएको जानकारी दिए। त्यसका लागि परराष्ष्ट्र मन्त्रालयमाफत् आग्रह पत्र प्राप्त भएसँगै मन्त्रालयका महाशाखा प्रमुखको नेतृत्वमा सात सदस्य वार्ता टोली समेत गठन भइसेकेको बताए।

सचिव गौतमले मन्त्रीपरिषद्ले निर्देशन पारित गरेमा नेपालबाट विदेशमा रोजागारीको लागि माग भएका कामदार पठाउनु सहज हुने बताए।