विप्लव नेतृत्वको नेकपाले नेपालभर पार्टी पुनर्स्थापना दिवस मनाउँदै 

काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आठौं पार्टी पुनर्स्थापना दिवस मनाइरहेको छ। तत्कालीन मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीबाट विभाजन भई विप्लवले आफनो नेतृत्वमा २०७१ मंसिर ८ गते नेकपा गठन गरेका थिए।

पार्टी स्थापना दिवसको उपलक्ष्यमा विविध कार्यक्रम गरेर मनाइरहेको नेकपाका केन्द्रीय सदस्य ओमप्रकाश पुनले बताए।
‘पार्टी पुनर्स्थापना दिवसको उपलक्ष्यमा काठमाडौंमा बृहत आमसभा गर्ने भनिएको थियो।

पछि देशैभर आमसभासहित कविता, छलफल, खेलकुद कार्यक्रमलगायत रचनात्मक कार्यक्रम गर्ने भइयो’ पुनले भने, ‘बेलुका दीप प्रज्वलन गर्ने कार्यक्रम छ।’ विप्लव नेतृत्वको नेकपाले तत्कालीन ‘जनमुक्ति सेना’ स्थापना दिवसकै दिन २०७१

सालदेखि पार्टी पुनर्गठन दिवस मनाउँदै आएको छ।