दुर्गा प्रसाईं र बालकृष्ण ढुंगेलसहित एक सय एमाले महाधिवेशन प्रतिनिधिमा मनोनित

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित एक सयभन्दा बढी एमालेको महाधिवेशन प्रतिनिधिमा मनोनित भएका छन् ।

मंगलबार बसेको एमालेको स्थायी कमिटी बैठकले प्रसाईंसहित एक सय बढीलाई आगामी एमालेको दशौँ महाधिवेशन प्रतिनिधिमा मनोनित गरेको हो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’निकटका प्रसाईंसँगै ओखलढुंगाबाट उज्जनकुमार श्रेष्ठको ह’त्यामा जन्म कैद पाएका बालकृष्ण ढुंगेल पनि रहेका छन् ।

नेकपा विभाजनपछि प्रसाईं र ढुंगेल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नजिक भएका थिए। प्रसाईं झापाको प्रस्तावित बिएण्डसी मेडिकल कलेजका सञ्चालक हुन् भने ढुंगेल माओवादीका प्रखर नेताका रुपमा परिचित छन् । ढुंगेल २०७५ साल जेठ १५ गते गणतन्त्र दिवसका दिन डिल्लीबजार कारागारबाट जेलमुक्त भएका थिए।

प्रचण्डसँग रुष्ट हुँदै आएका उनी नेकपा फुटेपछि एमालेतिर प्रवेश गरेका थिए ।