
काठमाडौँ । हाल देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।
जल तथा मौषम पूर्वानुमान महाशाखाले पछिल्लो तीन दिनदेखिको प्रतिकूल मौसममा क्रमशस्सुधार हुँदै जाने बताए पनि काठमाडौँमा बिहानै देखि हुस्सु लागेको छ । यही मौसमी प्रणालीका काणर शुक्रबार साँझ काठमाडौँ उपत्यकामा हल्का वर्षा भएको थियो ।
शनिबार देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको भएपनि केही सुधार हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।बंगालको खाडीको मध्य पश्चिम भू-भागमा शुक्रबार जवाद नामको सामुन्द्रिक चक्रवात बनेको छ।
सो चक्रवात आज बिहान ओडिसाको तटीय क्षेत्रमा पुग्ने र तत्पश्चात् उत्तर उत्तर पूर्व तर्फ सर्ने देखिएको छ। यसैको प्रभावका कारण प्रदेश नं १ , प्रदेश नं २ र बाग्मती प्रदेशमा आंशिक देखि सामान्य बदली भई सो प्रदेशका उच्च पहाडी तथा हिमाली
भु(भागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ भने सो प्रदेशका एक(दुई स्थानहरूमा हल्का वर्षाको संभावना रहेको छ। दिउँसो प्रदेश १, बाग्मती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य बाँकी भूभागमा आंशिक
बदली रहनेछ ।