‘स्पाइडर म्यान’ले चार दिनमै ५८७ मिलियन डलर कमायो

काठमाडौं । हलिउड सुपर हिरो चलचित्र ‘स्पाइडर म्यानः नो वे होम’ले बक्स अफिसमा बम्पर कमाइ गरेको छ । बिहीबारदेखि विश्व बजारमा प्रदर्शन भइरहेको यो चलचित्रले नेपाल र भारतमा समेत आक्रामक कमाइ गरिरहेको छ ।

यो चलचित्रले विश्वका ६१ देशबाट ५८७ मिलियन डलर अर्थात् ७ हजार १ सय ३९ करोड रुपैयाँ कमाइ गरेको छ । यो कमाइ विकेन्ड कलेक्सन हो । चलचित्रले अमेरिकामा मात्र २५३ मिलियन डलर कमाइ गरेको छ ।

यस्तै, अमेरिका बाहिर ३४२ मिलियन डलर कमाइ यो चलचित्रले गरेको मिडिया रिपोर्टमा उल्लेख छ । यो चलचित्रले एक सातामा १ बिलियन डलर आम्दानी गर्ने अनुमान गरिएको छ । यो चलचित्रलाई दर्शक र समीक्षकबाट उत्कृष्ट प्रतिक्रिया प्राप्त भएको

छ । क्रिसमसको बिदा समेत आउन लागेकाले चलचित्रले विश्व बजारमा बम्पर कमाइलाई निरन्तरता दिने विश्लेषण गरिएको छ ।कोरोना महामारीका कारण करिब डेढ वर्ष मनोरञ्जन दुनियाँ ठप्प भएको थियो ।

तर, कोरोना महामारीको दोस्रो लहर सकिएसँगै हलिउडका मेघा बजेटका चलचित्रले बम्पर कमाइ गरिरहेका छन् ।