‘पैसाको एकदमै अभाव छ, लकडाउनमा त मःमः खानपनि पैसा थिएन’- ज्योति मगर

काठमाडौं । चर्चित गायिका ज्योति मगरले आफूलाई पैसाको धेरै अभाव रहेको सुनाएकी छिन् । उनले यसअघि भएको लकडाउनको समयमा मःमः खानसमेत पैसा नभएको स्मरण गराएकी छिन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा कुरा गर्दै गायिका मगरले यस्तो बताएकी हुन् ।
उनले लकडाउनमा आफू आर्थिक रुपमा ठूलो समस्यामा परेको स्मरण गराईन् ।

तर, अहिले भने कामहरु भैरहेकोले त्यति समस्या नभएको उनको भनाई थियो । मगरले आफूले चाहने पुरुषमा पूर्ण रुपमा मर्द हुनुपर्ने, गुड ह्युमन विईङ र सामाजिक हुनुपर्ने, आफ्नो खुट्टामा उभिएको हुनुपर्ने, परिवार र समाजप्रति जिम्मेवार हुनुपर्ने,

ह्याण्डसम पनि देखिनुपर्ने गुण हुनुपर्ने बताईन् । उनले आर्थिक रुपमा सम्पन्न भए झनै राम्रो हुनेपनि बताईन् ।