सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

आज सुनचाँदीको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै सुन ४०० ले र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको जानकारी दिएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ । हिजो मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ६००

र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार १०० रुपैयाँ थियो ।
यस्तै, महासंघले आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको उल्लेख गरेको छ । जसअनुसार, आज चाँदी प्रतितोला १२ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो मंगलबार चाँदीको प्रतितोला मूल्य १२ सय ३० रुपैयाँ थियो ।