अष्ट्रेलियाको तापक्रम अहिले सम्मकै उच्च

क्यानबेराः अष्ट्रेलियामा सबैभन्दा तातो दिन मापन भएको छ। अष्ट्रेलियाको तटीय सहरको तापक्रम बिहीबार ५०.७ डिग्री सेल्सियस पुगेसँगै त्यहाँ हालसम्मकै तातो दिन मापन भएको हो।

पश्चिमी अष्ट्रलियाको तटीय सहर अन्स्लोमा ५०.७ डिग्री सेल्सियस पुगेको हो। जुन सन् १९६२ मा गरिएको तापक्रम मापन नजिक पुगेको त्यहाँको मौसम विभागले जनाएको छ।

त्यहाँको तापक्रम शुक्रबारदेखि कम हुने अनुमान गरिएको छ। पश्चिमी अष्ट्रेलियाका विभिन्न क्षेत्रमा लागेको डढेलोका कारण तापक्रम बढेको हुनसक्ने अनुमान गरिएको छ।

अन्य समयमा अनस्लोको औसत तापक्रम ३६.५ सेल्सियस हुने गरेको त्यहाँको मौसम विभागले जनाएको छ।