चलचित्र ‘ए मेरो हजुर ४’को टिजर सार्वजनिक

ब्लकबस्टर सिरिज ‘ए मेरो हजुर’को चौथो श्रृङ्खलाको प्रदर्शन मिति तय गरिएको छ । चलचित्रको प्रदर्शन मितिसँगै टिजर सार्वजनिक गरिएको छ । यो चलचित्रको टिजरमा नायक अनमोल केसी र नायिका सुहाना थापालाई मात्र देख्न सकिन्छ ।

चलचित्रको टिजरमा यी दुइको रोमान्स र विछोडको कथा छ ।
आकर्षक लोकेशन, मन छुने संवाद, अनमोल र सुहानाको केमेष्ट्रीले टिजरलाई शक्तिशाली बनाएको छ । यो चलचित्र आउँदो बर्षको बैशाख १ गते रिलिज हुने भएको छ ।

सुनिलकुमार थापाको निर्माणमा तयार भएको चलचित्रमा झरना थापाको निर्देशन छ । यसअघि चैत्र २५ लाई प्रदर्शन मिति तोकिएको चलचित्रलाई अब एक साता पोष्टपोन्ड गर्दै वैशाख १ गते पुर्याइएको छ ।

नयाँ बर्षको दिनबाट रिलिज हुने चलचित्रले बक्स अफिसमा बम्पर कमाई गर्ने अपेक्षा गर्न सकिन्छ ।