साउथ फिल्मको ट्रेलरमा कस्तो देखिइन् अभिनेत्री स्वस्तिमा ?

काठमाडौं: नेपाल फिल्म जगतकी अभिनेत्री स्वस्तिमा खड्का अभिनित दक्षिण भारतीय फिल्म थिरिमालीको ट्रेलर सार्वजनिक भएको छ।

फिल्ममा अनुबन्ध भएदेखि नै नेपालमा स्वस्तिमाको चर्चा चुलिएको थियो। दक्षिण भारतीय फिल्म खेल्न सौभाग्य पाएकी स्वस्तिमाको फिल्ममा कस्तो खालको भूमिका रहेको छ? यो प्रश्नको जवाफ साढे दुई मिनेट बढी रहेको ट्रेलरमा हेर्न सकिन्छ।

ट्रेलरमा उनको इन्ट्री नृत्यबाट सुरु हुन्छ। फिल्ममा नेपालको थुप्रै ठाउँहरु देखाइएको छ। काठमाडौंबाहेक पोखरा र लुक्लासमेतको दृश्य ट्रेलरमा हेर्न सकिन्छ। दक्षिण भारतीय फिल्मको कथावस्तु नेपालसम्म जोडिएकाले स्वस्तिमाले पनि फिल्ममा खेल्ने सौभाग्य

पाएको हुनसक्ने बताइएको छ। राजिव सेट्टीद्वारा निर्देशित फिल्मको मिति भने सार्वजनिक गरिएको छैन।