ओली र पत्नी राधिकालाई कोरोना संक्रमण

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उहाँकी धर्ममत्नी राधिका शाक्यलाई कोरोना संक्रमण भएको छ ।

उहाँहरुको एन्टिजेन र पीसीआर दुवै विधिबाट परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको बताइएको छ । सुरुमा एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ आएपछि हिजो पीसीआर गरिएको थियो । उक्त रिपोर्टमा पनि कोरोना पोजेटिभ आएको थियो ।

अहिले उहाँहरु दुवैजना आइसोलेसनमा बसेको बताइएको छ । यसअघि अध्यक्ष ओलीलाई कारोना संक्रमण भएको थिएन ।
ओलीलालाई कोरोना संक्रमण भएसँगै एमालेले आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित हुने भएको छ ।

कोरोनाको यो लहरले शीर्ष नेताहरुलाई पनि छोएको छ । यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अन्य नेताहरुलाई पनि संक्रमण भएको थियो ।