एउटै गाउँबाट ५ करोडको सुन्तला विक्री

कुश्मा : गण्डकी प्रदेशकै स्वादिलो सुन्तला उत्पादन हुने पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानले यो वर्ष करिब ५ करोडका सुन्तला विक्री गरेका छन्। अनुकुल मौसमका कारण यसवर्ष सुन्तला खेती फस्टाएको हुनाले किसानहरुले यो वर्ष सुन्तला विक्रीबाट राम्रो आम्दानी लिन पाएका हुन्।

व्यवसायिकरुपमा सुन्तला खेती गर्दै आएका दुई सयभन्दा बढि परिवारले सुन्तला विक्रीबाट गाउँमा ५ करोड भित्राएको स्थानीय बजारमारे सुन्तला उत्पादन सहकारी संस्था बाँसखर्कका अध्यक्ष जगतबहादुर खत्रीले जानकारी दिए। उक्त गाउँमा गत वर्ष ३ करोड भित्रिएको थियो।

बोटबाटै प्रतिकिलो १३० देखि १५० रुपैयाँसम्ममा बिक्री गर्दै आएका छौँ,’ खत्रीले भने, पोखरा, मुग्लीन र नारायणगढ लगायतका बजारबाट ब्यावसायी आएर सुन्तला खरिद गरेको उनले बताए। माग पूरा गर्नै सकिएको छैन्। उहाँले ढिलो गरी पाक्ने र स्वादिलो हुने भएकाले यहाँको सुन्तलाको माग बढि हुने गरेको

सुनाए। बाँसखर्कमा अन्य खाद्यन्न र फलफूल उत्पादन हुँदैन। किसानहरुले धान, कोदो र मकैभन्दा सुन्तला खेतीले फाईदा हुने भएपछि सुन्तलालाई मूख्य आम्दानीको रुपमा लिँदै आएका छन्। न्यूनतम पाँच लाख रुपैयाँ भन्दा थोरै कमाउने कुनै घरै छैनन्,’ अध्यक्ष खत्रीले भने, बढीमा १९ लाख सम्म आम्दानी गर्ने

परिवारसमेत रहेका छन्। खत्रीले आफूले यस वर्ष झण्डै १३ लाख रुपैयाँ आम्दानी गरेको सुनाए। गाउँमा सवैभन्दाबढी सुन्तला भक्तबहादुर पाईजाले विक्रि गर्छन्। उनले यस वर्ष झण्डै ६ लाख आम्दानी हुने बताए। सुन्तलाको कमाईले बजारमा घरघडेरी नजोडेका निकै कम छन्।

उनका अनुसार घरको आँगनसमेत सुन्तलाका बोटले ढाकिएको छ।
सुन्तलाको व्यवस्थित बजारीकरण गर्न किसानकै अग्रसरतामा विगत तीन वर्षअघि ६७ लाख खर्चिएर शीतभण्डार केन्द्र सञ्चालन गरिएको छ। शीतभण्डार सञ्चालन भएपछि किसानलाई सुन्तला भण्डारण गर्न र बेसिजनमा विक्री गर्न सहज भएको स्थानीय

कल्पना खत्रीले बताईन। तर अधिकांस सुन्तला बोटबाटै विक्रि हुने भएकाले भण्डारण गर्नुपर्ने समस्या नभएको उनको भनाई रहेको छ।
सुन्तलाका लागि उपयुक्त क्षेत्र भएकाले बाँसखर्कमा वर्षेनी क्षेत्रफल विस्तार हुँदै आएको छ। विगत चार वर्ष अघिसम्म १६१ परिवारले मात्रै व्यवसायिक सुन्तला खेती गर्दै आएको यो गाउँमा अहिले २१०

परिवार आवद्ध भएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ।