जनसंख्याको नतिजाप्रति दीपकराजको व्यङ्ग्य- ‘भ्रष्टाचार, महँगी बढेर जनसंख्या बढ्न डराएछ’

२०७८ सालको जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । सार्वजनिक प्रारम्भिक नतिजा अनुसार मुलुकको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० छ । बोलीचालीको भाषामा भने बर्षौंदेखि सबैले जनसंख्या ३ करोड भनेर भनेर भन्दै आएका छन् ।

जनसंख्याको यो प्रारम्भिक नतिजालाई लिएर सर्वसाधारणले सामाजिक संजालमा बिभिन्न थरिका पोष्ट गरिरहेका छन् । अभिनेता दीपकराज गिरी यो बिषयमा एक ब्यङ्ग्यपूर्ण पोष्ट गरेका छन् ।

दीपकले जनसंख्याको प्रारम्भिक नतिजालाई भ्रष्टाचार महँगी, गरिबी, ह’त्याहिंसासँग जोडेर व्यङ्ग्यपूर्ण टिप्पणी गरेका हुन् ।
उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘१० वर्ष भो ३ करोड जनसंख्या भनेको छ ।

आज पनि २ करोड ९१ लाख मात्रै रहेछ । देशमा भ्रष्टाचार महँगी, गरिबी, हत्याहिंसा बढेको देखेर होला जनसंख्या पनि बढ्न डराएछ गाँठे ।’