मन्त्री झाँक्रीले दिइन् स्वर्गीय पत्रकार विश्वकर्माको परिवारलाई आधा महिनाको तलब

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आफ्नो एक महिनाको तलबको आधा रकम पत्रकार लालबहादुर विश्वकर्माको परिवारलाई दिएकी छन् ।

गत बिहीवार पैसाको अभावमै ज्यान गुमाए विश्वकर्माकी श्रीमतीको अछाममा रहेको नबिल बैँकको खातामा ट्रान्सफर गरिदिइएकी छन् । विश्वकर्माको निधनप्रति मन्त्री झाँक्रीको विशेष ध्यानाकर्षण भएको मन्त्री झाँक्रीकी प्रेस संयोजक कान्ति न्यौपानेले बताइन् ।

अस्पतालको लापरवाही र आर्थिक अभावकै कारण उनको मृत्यु भएको समाचारहरु प्रकाशित भइरहँदा त्यो विषयमा सम्बन्धित निकायले सत्यतथ्य बाहिर ल्याउने पहल गर्नुपर्नेमा पनि मन्त्री झाँक्रीको जोड छ ।