अष्ट्रेलियामा १४ दिनसम्मका लागि आपतकालीन घोषणा

मेलबर्नः अष्ट्रेलियाली प्रान्त दक्षिण अष्ट्रेलियाले आपतकालीन अवस्थाको घोषणा गरेको छ। केही दिनअघि देखिको भारी वर्षा र आँधीपछि आगामी १४ दिनको लागि आपतकालीन घोषणा गरेको हो।

केही दिनअघि देखि आएको असिना र वर्षाका कारण मेलबर्न र साउथ अष्ट्रेलियामा बाढी आएको बताइएको छ। अष्ट्रेलियाको विभिन्न भेग र समुद्री तट क्षेत्रमा अझै चट्याङसहितको वर्षा र आँधी आउने त्यहाँको मौसम विभागले जनाएको छ।

आँधी र वर्षाका कारण सो क्षेत्रका अधिकांश मानिसहरु अन्धकारमा बसिरहेको अन्‍तर्राष्ट्रिय मिडियामा खबर छ। आँधी र वर्षाका कारण सो क्षेत्रमा ठूलो मात्रामा भौतिक क्षति भएको अनुमान गरिएको छ।