खेलाडीलाई पछ्याउने अमृत मगर दोषी ठहर

काठमाडौं । बेलायतकी नम्बर वान टेनिस स्टार एम्मा रडुकानुलाई पछ्याएको आरोप लागेका एक ‘नेपाली’ दोषी ठहर भएका छन् ।

बीबीसी, डेली मेललगायत सञ्चार माध्यमहरूका अनुसार ब्रमली म्याजिस्ट्रेट अदालतले अमृत मगरलाई शुक्रबार दोषी ठहर गरेको हो । उनलाई केकति सजाय हुने भन्ने कुरा आगामी हप्ता तय हुने बताइएको छ ।

उनी दक्षिणी लन्डनमा रहेको राडुकानुको घरसम्म पुगेको सिसी क्यामरामा देखिएको छ । पहिलो पटक सन् २०२१ नोभेम्बर २३ मा राडुकानुको घर गएका मगर डिसेम्बर महिनामा भने बारम्बार त्यहाँ पुगेको बताइएको छ ।

बेलायतको एजवेरमा बस्ने नेपाली मूलका मगर विवाहित रहेको बताइएको छ । उनले पहिला डेलिभरी ड्राइभरको काम गर्ने सूचना प्राप्त भए पनि उनको पहिचानबारे विस्तृत आएको छैन । नामको आधारमा मगर नेपाली मूलको रहेजस्तो देखिएपनि उनको कानुनी

पहिचानबारे कतै उल्लेख छैन ।