कोरोनाबाट आज ३२ जनाको मृ’त्यु, ३५४० संक्रमित थपिए

काठमाडौं: नेपालमा थप ३ हजार ५४० जनामा कोरोना संक्रमण देखिएको छ।

देशभरि १३ हजार १४५ जनाको नमुना परीक्षण गर्दा यी संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप ६ हजार ३५९ जना संक्रमित कोरोनामुक्त भएका छन्।

मन्त्रालयका अनुसार एकैदिन थप ३२ जना संक्रमितको मृ’त्यु भएको छ। नेपालमा हाल ८३ हजार ९९९ सक्रिय संक्रमित रहेका छन्।