प्रचण्ड र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखबीच भिडियो वार्ता

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख सुङ थाओबीच भिडियो वार्ता भएको छ।

उक्त अवसरमा सुङले नेपाल–चीन मित्रता, वर्ल्ड इकोनोमिक फोरममा सीपीसी महासचिव सी चिनफिङको मन्तव्यका विषयमा कुराकानी गरेका थिए।

चीनस्थित पत्रकार लक्ष्मी लम्सालका अनुसार सुङले चीनको अर्थतन्त्र तथा सामाजिक विकास, हिउँदे ओलम्पिकको तयारी लगायतबारे पनि जानकारी गराएका थिए।