फेसबुकका संस्थापक जुकरबर्गले एकै दिनमा गुमाए २९ अर्ब डलर

काठमाडौं । फेसबुक अन्तर्गतको मेटा नेटवक्र्सको शेयर बजारमा आएको गिरावटका कारण फेसबुकका संस्थापक मार्क जुकरबर्गले एकैदिनमा २९ अर्ब डलर सम्पत्ति गुमाएका छन् ।

मेटाको स्टक बजारमा २६ प्रतिशतले गिरावट आएको हो । यो अमेरिकी शेयर बजार इतिहासमै पहिलो पटक भएको जनाइएको छ । योसँगै एकैदिनमा कुनै पनि अर्बपतिले गुमाएको पनि यो हालसम्मै उच्च बजार मूल्य हो ।

अमेजनको कमाइमा उछाल आएपछि संस्थापक जेफ बेजोसको सम्पत्तिमा भने २० अर्ब डलर आम्दानी वृद्धि भएको छ । मेटाको बजार मूल्य घटेपछि संस्थापक जुकरबर्गको सम्पत्ति ८५ बिलियन डलरमा खुम्चिएको फोर्ब्स म्यागजिनले जनाएको छ ।

फेसबुकमा जुकरवर्गको १२.८ प्रतिशत स्वामित्व छ । अर्बपति बेजोसले इ–कमर्स कम्पनी अमेजनको ९.९ प्रतिशत हिस्सा ओगट्छन् । फोर्ब्सका अनुसार बेजोस विश्वकै तेस्रो धनी व्यक्ति हुन् ।

विद्युतीय कार कम्पनी रिभियनमा कम्पनीले लगानी गरेपछि यसको त्रैमासिक आम्दानीमा बढोत्तरी भएको हो । बेजोसको कूल सम्पत्ति १ वर्षअघिको तुलनामा २०२१ मा ५७ प्रतिशतले बढेर १७७ बिलियन डलर पुगेको छ ।

फोब्र्सका अनुसार कोरोना महामारीको समयमा मानिस अनलाइन ब्यापारमा निर्भर हुँदा अमेजनको कमाइमा उछाल आएको हो ।