भारतमा भूकम्पको धक्का

न्युयोर्क- भारतमा ६.१ म्याग्निच्युडको भूकम्प गएको छ।

भारतको दक्षिण पूर्वी क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प आएको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको छ।

स्थानीय समयअनुसार शुक्रबार राति भूकम्प आएको हो। भूकम्पका बारेमा थप विवरण र त्यसले पारेको असरसम्बन्धी विवरण भने

आउन बाँकी नै रहेको अधिकारीहरूले जनाएका छन्।