विवाह बन्धनमा बाँधिइन् गायिका प्रमिला राई

काठमाडौं । नेपाल आइडल सिजन १ बाट नेपाली सांगितिक क्षेत्रमा उदाएकी गायिका प्रमिला राई विवाह बन्धनमा बाँधिएकी छन् ।

नेपाल आइडलको टप सेभेनभित्र परेर बाहिरिएकी प्रमिलाले केही दिनअघि मात्र विवाह गरेकी हुन् । वैवाहिक बन्धनमा बाँधिएकी प्रमिलालाई शुभकामना दिन प्रदेश १ का पुर्वमुख्यमन्त्री शेरधन राई

र उनकी पत्नी जाङ्मु शेर्पा राई पुगेका थिए ।